२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा


सञ्चार डबली
  • बुधबार, असार ३१ २०८३
  • 1.3K
    SHARES

  • फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

    काठमाडौँ । सन् २०२२ को उपविजेता फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २-० गोल अन्तरले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो । यसअघि सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा फाइनल पुगेर उपाधि जितेयता स्पेन पहिलोपटक उपाधि भिडन्तका लागि छानिएको हो ।

    स्पेनको यस ऐतिहासिक जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले समान एक–एक गोल गरे । पराजयसँगै फ्रान्सको लगातार तेस्रोपटक विश्वकपको फाइनल पुग्ने इतिहास रच्ने सपना अधुरै बनेको छ भने प्रतियोगिताभर फ्रान्स पहिलोपटक कुनै गोल गर्न नसकी मैदानबाट बाहिरिएको छ ।

    खेलको सुरुवाती समयदेखि नै फ्रान्समाथि दबाब बनाएको स्पेनले पहिलो गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको २१ औँ मिनेटमा फ्रान्सका रक्षापंक्तिका खेलाडी लुकास डिग्नेले पेनाल्टी एरियाभित्र स्पेनका युवा विङ्गर लेमिन यामललाई फल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओर्याजबलले सहजै गोल गरी स्पेनलाई पहिलो अग्रता दिलाए ।

    खेलको दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको स्पेनका लागि ५८ औँ मिनेटमा पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको ६१ औँ मिनेटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमे पनि अफसाइड पोजिसनका कारण रेफ्रीले त्यस गोललाई मान्यता दिएनन् ।

    यो सानदार जितसँगै स्पेनले उपाधि भिडन्तको यात्रा सुरक्षित गरिसकेको छ । अब फाइनल खेलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने अर्को सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पराजित फ्रान्स भने सेमिफाइनलबाटै घर फर्कन बाध्य भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend