२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आज चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)


सञ्चार डबली
  • सोमबार, असार २९ २०८३
  • 1.7K
    SHARES

  • आज  चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची छ । 

    दिउँसो १ बजे बस्ने बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सोही मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई बोलाइएको छ । 

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मधेस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

    अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएका मुख्य कामकारबाहीबारे जानकारी लिने कार्यसूची छ । 

    बैठकमा १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्थाबारे जानकारी लिने विषय रहेको छ । बैठक बिहान साढे ८ बजे बस्नेछ । 

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बाल सुधारगृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल गर्ने कार्यसूची छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend