२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रधानमन्त्री बालेन एक्लै पुगे रवि निवास, यी ४ विषयमा भयो ४ घण्टा छलफल


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 1.5K
    SHARES

  • प्रधानमन्त्री बालेन एक्लै पुगे रवि निवास, यी ४ विषयमा भयो ४ घण्टा छलफल

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज (आइतबार) भेटवार्ता गरेका छन्। बिहान साढे ११ बजे लामिछानेलाई भेट्न एक्लै उनको निवास बूढानीलकण्ठ पुगेका बालेन दिउँसो सवा ३ बजे मात्रै बाहिरिएका थिए।

    पछिल्लो समय सरकारप्रतिको बढ्दो असन्तुष्टि र सुकुमवासी व्यवस्थापनका विषयमा छलफल भएको थियो।

    प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार सरकारको सय दिनको समीक्षा, पार्टी पदाधिकारी मनोनयन, मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा कुराकानी भएको थियो। रास्वपामा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत हुने व्यवस्था छ। बालेन र रवि पक्षबाट को-को मनोनीत हुने भन्ने विषय टुंगो लाग्न बाँकी छ।

    साथै विधानका विषयमा पनि रवि-बालेनबीच केही असन्तुष्टि पैदा भएको छ। विशेष गरी संसदीय दलका नेता फेरबदल गर्ने र चाहेजति वरिष्ठ नेता बनाउन पाउने प्रावधानप्रति बालेन पक्षले असन्तुष्टि जनाएका छन्।

    सार्वजनिक विधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था गरिएको छ। साथै दलको नेताविरुद्ध संसदीय दलमा प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा पद रिक्त हुने पनि व्यवस्था गरिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend