२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 2.3K
    SHARES

  • नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

    काठमाडौं / नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ ।

    सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

    नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले वित्तीय सूचकहरूमा ऐतिहासिक सफलता हासिल गरेको छ । बैंकले हाल ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

    बैंकले मुलुकको दिगो विकासका लागि प्राथमिकताका क्षेत्रहरूमा ठूलो लगानी गरेको छ, जसमा कृषि क्षेत्रमा ५३.३१ अर्ब, ऊर्जामा ५१.०६ अर्ब, साना तथा मझौला उद्योगमा ४५.९२ अर्ब र पर्यटन क्षेत्रमा ११.१० अर्ब रुपैयाँ लगानी गरी अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।

    यो तथ्याङ्कले बैंकको लगानी केवल नाफामा मात्र नभई मुलुकको उत्पादनशील क्षेत्रको विकासमा समेत केन्द्रित रहेको पुष्टि गर्दछ । सेवा विस्तारका हिसाबले बैंकले देशभर आफ्नो मजबुत उपस्थिति जनाएको छ । हाल बैंकले २६४ शाखा, ३१५ एटीएम र १८ वटा एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ । स्थापना कालमा मात्र २ वटा शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकमा हाल २ हजार ४६४ दक्ष कर्मचारीहरू कार्यरत छन् ।

    डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकता दिँदै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत शतप्रतिशत डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस एपलाई नेपालकै अग्रणी ‘फाइनान्सियल सुपर एप’ बनाउने लक्ष्यका साथ बैंकले ग्राहकलाई घरमै बसेर खाता खोल्नेदेखि अन्तर्राष्ट्रिय भुक्तानीसम्मका सुविधाहरू उपलब्ध गराएको छ ।

    नबिल बैंकले आफ्नो ४२ वर्षे यात्रामा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिकतामा समेत नयाँ मानक स्थापित गरेको छ । बैंकले हालसम्म ८ पटक ’सर्वाधिक करदाता’ र १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गर्नुले यसको वित्तीय सुशासनप्रतिको प्रतिबद्धता झल्काउँछ ।

    ४२ वर्षको अनुभव, बलियो पुँजीगत आधार र अत्याधुनिक प्रविधिलाई साथ लिएर बैंक अब नेपालको आर्थिक रूपान्तरणको अर्को अध्याय लेख्ने तयारीमा छ । आगामी दिनमा दिगो विकास, हरित वित्त र उत्कृष्ट ग्राहक सेवामार्फत सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै मुलुकको समृद्धिमा अझ सशक्त भूमिका खेल्ने बैंकले अठोट लिएको छ ।

    नबिल बैंकले देशभर २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend