२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बेलिङ्घमको गोल निर्णायक बन्दा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बाहिरियो नर्वे


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 3.8K
    SHARES

  • बेलिङ्घमको गोल निर्णायक बन्दा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बाहिरियो नर्वे

    काठमाडौँ / जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

    मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा पहिलोपटक अन्तिम आठमा पुगेको नर्वेले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

    खेलको ३६औँ मिनेटमा आन्द्रेयास स्केल्डरअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्‍याए।

    दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। ५५औँ मिनेटमा नर्वेका टोर्ब्योर्न हेगेमले गरेको गोल भिडियो सहायक रेफ्रीले फाउलका कारण अमान्य घोषित गरेपछि खेल निर्धारित ९० मिनेटसम्म बराबरीमै रह्यो।

    अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि नर्वेले बराबरी गोल फर्काउन नसक्दा इंग्ल्यान्ड विजयी बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

    विश्वकप इतिहासमा इंग्ल्यान्ड चौथोपटक सेमिफाइनल पुगेको हो। सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड १९९० र २०१८ मा पनि अन्तिम चारमा पुगेको थियो भने २०२२ मा क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

    अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend