बिराटनगरस्थित भाट-भटेनी सुपर स्टोर भोली २०८३ साल आषाढ २७ गते, शनिबार देखि पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलीदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्ब्याहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिनुभयो ।
“ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले भनेका छन् ।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं।

