२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सभामुखको निर्देशनपछि सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो


सञ्चार डबली
  • बुधबार, असार २४ २०८३
  • 2.2K
    SHARES

  • images
    सभामुखको निर्देशनपछि सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रयोग गरेको अमर्यादित अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै सांसद राईले सभामुखलाई लक्षित गरी ‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने अभिव्यक्ति दिएका थिए। सो शब्द प्रयोग भएलगत्तै सभामुख अर्यालले उनलाई बोल्नबाट रोक्दै संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

    संसद्को अवरोध र तनावपछि पुनः सुरु भएको बैठकमा सभामुख अर्यालले सांसद राईले प्रयोग गरेका ती सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए।

    बैठकमा निर्देशन दिँदै सभामुख अर्यालले भने, “माननीय सदस्य राजेन्द्रकुमार राईले आज यसअघि बोल्ने क्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देश गर्दछु।”

    त्यसअघि बोल्ने क्रममा सांसद राईले आफूले आफ्नो कुरा पूरा राख्न नपाउँदै सभामुख आवेशमा आएर माइक काटिदिएको भन्दै असन्तुष्टि जनाएका थिए। सोही विषयलाई लिएर संसदमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend