२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मुक्तिनाथ विकास बैंकद्धारा धनगढीमा विद्यार्थीहरुका लागि ल्याइएको मिड–डे मील (Mid-Day Meal) कार्यक्रमलाई सहयोग


सञ्चार डबली
  • बुधबार, असार २४ २०८३
  • 1.1K
    SHARES

  • मुक्तिनाथ विकास बैंकद्धारा धनगढीमा विद्यार्थीहरुका लागि ल्याइएको मिड–डे मील (Mid-Day Meal) कार्यक्रमलाई सहयोग

    मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

    यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा (Centralized Kitchen) प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५,००० विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकले लिएकोे छ ।

    मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पु¥याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend