२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारको १०० दिन 'अवसर गुमेको १०० दिन' हो: नेविसंघ


सञ्चार डबली
  • सोमबार, असार २२ २०८३
  • 1.9K
    SHARES

  • images
    सरकारको १०० दिन 'अवसर गुमेको १०० दिन' हो: नेविसंघ

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्तमान सरकारको पहिलो १०० दिने कार्यकाललाई 'अवसर गुमेको १०० दिन' को रूपमा मूल्यांकन गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा नेविसंघकी सभापति करुणा कटुवालले सरकारले शिक्षा क्षेत्रमा गरेका संरचनागत सुधार, दलीय भागबण्डाको अन्त्य र विश्वविद्यालयको स्वायत्तता कायम गर्ने कुनै पनि प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाइन्।

    उनले सरकारले संविधानविपरीत विश्वविद्यालयको स्वायत्तता कमजोर पार्ने अध्यादेश ल्याएको र त्रिभुवन विश्वविद्यालयका नियुक्तिहरू राजनीतिक भागबण्डाकै आधारमा गरेको दाबी गरिन्।

    नेविसंघले एसईई र कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गर्दा लापरबाही भएको, पुनर्योगका लागि निवेदन दिएका करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिकै फेला नपरेको र साप्ताहिक दुई दिने बिदाले 'क्रेडिट आवर' प्रणालीमा समस्या पारेको जनाएको छ।

    त्यस्तै, विद्यार्थी संगठनमाथिको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतले दिएको आदेश शिक्षामन्त्रीले पालना नगरेको र समता शुल्क लागू गरेर अभिभावकमाथि आर्थिक भार थोपरिएको नेविसंघको आरोप छ। नेविसंघले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुकूलको विद्यालय शिक्षा विधेयक तथा एकीकृत उच्च शिक्षा विधेयक तत्काल ल्याउन सरकारसँग माग समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend