२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिफा महिला विश्वकप – जर्मनीसँगै ब्राजिल र चीन समूह चरणबाटै बाहिरिए, नकआउटमा प्रवेश गर्ने १६ टिम


सञ्चार डबली
  • शुक्रबार, साउन १९ २०८०
  • 10.6K
    SHARES

  • images
    फिफा महिला विश्वकप – जर्मनीसँगै ब्राजिल र चीन समूह चरणबाटै बाहिरिए, नकआउटमा प्रवेश गर्ने १६ टिम

    बिहीबार, साउन १९, २०८०
    काठमाडौं । दक्षिण कोरियासँग बराबरीमा रोकिँदै दुईपटकको च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएसँगै अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल समीकरण समाप्त भएको छ । 

    समूह ‘ए’ बाट स्विट्जरल्यान्ड र नर्वे, ‘बी’ बाट अस्ट्रेलिया र नाइजेरिया, ‘सी’ बाट जापान र स्पेन, ‘डी’ बाट इंग्ल्यान्ड र डेनमार्क, ‘ई’ बाट नेदरल्यान्ड्स र अमेरिका, ‘एफ’ बाट फ्रान्स र जमैका, ‘जी’ बाट स्विडेन र दक्षिण अफ्रिका र ‘एच’ बाट कोलम्बिया र मोरोक्कोले अन्तिम–१६ मा प्रवेश गरे । 

    विश्वकपको यो संस्करणमा दुईपटकको च्याम्पियन जर्मनी र एकपटकको उपविजेता ब्राजिल र चीन समूह चरणबाटै बाहिरिनु अप्रत्यासित नतिजा बन्यो । नकआउट चरणका खेलहरू साउन २० गतेदेखि हुने छन् ।

    नकआउट समीकरण

    स्विट्जरल्यान्डविरुद्ध स्पेन
    नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका
    जापानविरुद्ध नर्वे
    स्वीडेनविरुद्ध अमेरिका
    इंग्ल्यान्डविरुद्ध नाइजेरिया
    जमैकाविरुद्ध कोलम्बिया
    अस्ट्रेलियाविरुद्ध डेनमार्क
    फ्रान्सविरुद्ध मोरोक्को 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend