२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निर्माण क्षेत्रमा बैंकहरुको ५ खर्ब लगानी छ: नबिल बैंकका सीईओ मनोज ज्ञवाली


सञ्चार डबली
  • आइतबार, असार २१ २०८३
  • 3.1K
    SHARES

  • निर्माण क्षेत्रमा बैंकहरुको ५ खर्ब लगानी छ: नबिल बैंकका सीईओ मनोज ज्ञवाली

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नदिँदा बैंकिङ क्षेत्र दवाबमा परेको बताएका छन्।

    आइतबार संसदको अर्थ समितिमा भएको छलफलमा सीईओ ज्ञवालीले भने, ‘ठेक्का रोक्का वा भुक्तानी ढिलो हुने अवस्थाले बैंकिङ प्रणालीमा थप खराब कर्जा बढ्ने जोखिम छ। मौद्रिक नीतिमा यो समस्याबारे ध्यान दिइनु पर्छ।’

    निर्माण क्षेत्रमा बैंकहरुको करिब ५ खर्ब रुपैयाँ लगानी रहेको उनले जानकारी दिए। नीतिगत तहबाटै भुक्तानी सजिलो बनाउन सीईओ ज्ञवालीको आग्रह थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend