२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बालेन सरकारको १०० दिनमा उपेन्द्र यादवको टिप्पणी: 'सकारात्मक सुरुआत, तर वास्तविक परीक्षा अब सुरु हुन्छ'


सञ्चार डबली
  • आइतबार, असार २१ २०८३
  • 1.5K
    SHARES

  • images
    बालेन सरकारको १०० दिनमा उपेन्द्र यादवको टिप्पणी: 'सकारात्मक सुरुआत, तर वास्तविक परीक्षा अब सुरु हुन्छ'

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारतर्फको एउटा प्रारम्भिक प्रयासको रूपमा अर्थ्याएका छन्।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले सरकारको वास्तविक सफलता वा असफलता आगामी दिनमा तय हुने बताए। उनका अनुसार सरकारका निर्णयहरू कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन ल्याउँछ भन्ने आधारमा नै यसको अन्तिम मूल्यांकन हुनेछ।

    यादवले सरकारले आफ्नो सुरुवाती १०० दिनमा ठूला लोककल्याणकारी योजनाहरू भन्दा पनि सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र राज्य संयन्त्रलाई चुस्त बनाउने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुआत भनेका छन्।

    "अहिले नै सरकार सफल वा असफल भयो भनी निष्कर्ष निकाल्नु हतारो हुन्छ। सरकारले अघि सारेका नीति र सुधारका कार्यक्रमहरू व्यवहारमा कत्तिको लागू हुन्छन्, दीर्घकालीन मूल्यांकन त्यसकै आधारमा हुनेछ।" 

    राजतन्त्रको अन्त्यपछि देशमा समावेशी, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा जनतामा ‘नयाँ नेपाल’ निर्माणप्रति ठूलो आशा जागेको स्मरण गर्दै उनले ती अपेक्षाहरू अझै पूर्ण रूपमा पूरा हुन नसकेको स्वीकार गरे। नेपाल अझै पनि राजनीतिक संक्रमणबाट पूर्ण रूपमा मुक्त हुन नसकेको र परिवर्तनको पक्षमा उभिएका नागरिकहरू नै अहिले सबैभन्दा बढी निराश हुनु चिन्ताको विषय रहेको उनको टिप्पणी छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend