२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश


सञ्चार डबली
  • आइतबार, असार २१ २०८३
  • 1.3K
    SHARES

  • मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौँ । सह-आयोजक क्यानडालाई हराउँदै मोरक्को तथा पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छन । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।

    कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्‍याए । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । बल पोजिसनमा मोरक्को अघि रह्यो ।

    सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो । पहिलोपटक नकआउट चरणमा पुगेको क्यानडा मोरक्कोसँगको हारसँगै विश्वकपबाट बाहिरिएको हो । क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र हो । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना कायमै छ ।

    अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को दोस्रो खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

    जारी विश्वकपमा यो उनको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि परेका छन्।

    खेलमा फ्रान्स हाबी बन्यो । ५९ प्रतिशत प्रतिशत बल पोजिसनमा राखेको फ्रान्सले खेलमा १५ सर्ट प्रहार गर्‍यो । पाराग्वेले ५ सर्ट मात्र प्रहार गरेको हो । जसमा एउटामात्रै सर्ट अन टार्गेट रह्यो । १८ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौंपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ । यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend