२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सानिमा बैंकद्वारा सातै प्रदेशमा १०५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण


सञ्चार डबली
  • शनिबार, असार २० २०८३
  • 2.1K
    SHARES

  • सानिमा बैंकद्वारा सातै प्रदेशमा १०५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण

    सानिमा बैंकले सातै प्रदेशका विभिन्न स्थानमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर  र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा बैंकले निरन्तर योगदान पुर्याउँदै आएको छ । 

    गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता अन्य स्वास्थ्य जटिलताहरुबाट आमा तथा नवजात शिशुहरुलाई जोगाउन र यसको न्युािनकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको अधिकृत हेमराज संज्याले भने । 

    अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालिका तथा वडा कार्यलयसंग समन्वय गरी करिब १०५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ । 

    शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थकर्मीहरुद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरुलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरु वितरण गरिएको थियो । 


    सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend