२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र


सञ्चार डबली
  • मंगलबार, असार १६ २०८३
  • 1.5K
    SHARES

  • images
    राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ ।

    बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार (असार १६) सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।

    यो ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि गरिने जनाइएको छ ।

    यसको साँवा भुक्तानी ०८४ असार १६ गतेका निम्ति तोकिएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । यसरी निर्धारित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने बैंकले जनाएको छ ।

    यो ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

    यो ऋणपत्रलाई राष्ट्र बैंक र अरू बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । यो ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइने छैन । तर, यसलाई वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने सुविधा छ ।

    ऋणपत्रको बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर कायम गरिनेछ । यदि, समान ब्याजदरमा मागभन्दा बढी आवेदन परेमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ ।

    ऋणपत्र स्वीकृत भएपछि निष्कासन मितिमा सम्बन्धित बैंकको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थाको बोल रद्द गरिनेछ । साथै, २.५० प्रतिशत जरिवानासहित ६ महिनासम्म खुला बजार कारोबारका कुनै बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend