२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

संसदको गरिमा जोगाउन सांसदहरूको भाषा, आचरण र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री सोविता गौतम


सञ्चार डबली
  • मंगलबार, असार १६ २०८३
  • 2.0K
    SHARES

  • images
    संसदको गरिमा जोगाउन सांसदहरूको भाषा, आचरण र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री सोविता गौतम

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संघीय संसदको गरिमा र प्रभावकारिता बढाउन सांसदहरूले आफ्नो आचरण, बोल्ने शैली (भाषा) र पहिरनमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

    ६८औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले संसदलाई जनताको सर्वोच्च संस्था र आस्थाको केन्द्र बनाउन सांसदहरू स्वयं मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएकी हुन्।

    पछिल्लो समय संसदको स्तर खस्किँदै गएको भन्ने जनगुनासोप्रति इंगित गर्दै उनले यस विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन्। संसदीय अभ्यासलाई साँच्चै परिणाममुखी बनाउने हो भने सदनको बहुमूल्य समय जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

    प्राविधिक र प्रक्रियागत विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अनौपचारिक छलफलबाटै टुंग्याउन सकिने भन्दै उनले सदनको मुख्य समय केवल जनताका मुद्दामा खर्चिनुपर्ने बताइन्।

    "जनताले तिरेको करबाट राज्य सञ्चालन हुने हो," मन्त्री गौतमले भनिन्, "त्यसैले संसदमा उपलब्ध समयलाई अर्थपूर्ण रूपमा जनताकै समस्या समाधानमा केन्द्रित गर्नुपर्छ।"

    शिक्षा, स्वास्थ्य र जनजीविकाका आधारभूत सवालहरूमा गम्भीर एवं प्रभावकारी बहस गर्दै सरकारलाई जनताप्रति जवाफदेही बनाउनुपर्नेमा उनले जोड दिइन्।

    विगतको तुलनामा संसदीय गरिमा कमजोर भएको भन्ने आम चर्चाप्रति गम्भीर हुँदै मन्त्री गौतमले सदनमा प्रयोग हुने भाषा, व्यवहार र पोसाकको मर्यादामा कुनै सम्झौता गर्न नहुने बताइन्। साथै, संसदको गरिमा उँचो राख्न आफू व्यक्तिगत रूपमै पूर्ण प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend