२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दक्षिण अफ्रिकालाई एक शुन्यले पराजित गर्दै क्यानडा अन्तिम १६ मा प्रवेश


सञ्चार डबली
  • सोमबार, असार १५ २०८३
  • 2.7K
    SHARES

  • दक्षिण अफ्रिकालाई एक शुन्यले पराजित गर्दै क्यानडा अन्तिम १६ मा प्रवेश

    काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा अन्तिम–१६ अर्थात प्रिक्वार्टरफाइनल मा प्रवेश गरेको हो ।

    क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई पहिलोपटक प्रिक्वार्टरफाइलनमा पुर्‍याएका हुन् ।

    खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए ।

    तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानडासँग पराजित भएसँगै पहिलोपटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

    क्यानडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend