२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ओली, प्रचण्ड,माधव र झलनाथ एउटै मञ्चमा देखिँदैछन् 


सञ्चार डबली
  • आइतबार, असार १४ २०८३
  • 1.8K
    SHARES

  • images
    ओली, प्रचण्ड,माधव र झलनाथ एउटै मञ्चमा देखिँदैछन् 

    काठमाडौं । काठमाडौंमा आज चार पूर्वप्रधानमन्त्री एउटै कार्यक्रममा सहभागी हुने भएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका हुन् ।

    यो कार्यक्रम मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको हो ।

    कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीसहित विशेष समारोहका रूपमा हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन् ।

    त्यसैगरी जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव पनि कार्यक्रममा सहभागी हुनेछन् ।

    कार्यक्रममा फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पनि प्रदान गर्नेछ । यस वर्ष उक्त पुरस्कार लेखक तथा अनुसन्धानकर्ता रमेश रुछेन राईको पुस्तक ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन) लाई दिने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend