२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आज प्रतिनिधिसभा बैठक बस्दै


सञ्चार डबली
  • आइतबार, असार १४ २०८३
  • 1.6K
    SHARES

  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै आर्थिक विधेयक, २०८३ माथि छलफल र निर्णय गर्ने कार्यसूची तय गरिएको छ ।

    संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनमा पढेर सुनाउनेछन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यसूची रहेको छ। साथै, उनले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्।

    त्यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक सदनमा पेश गर्ने कार्यक्रम रहेको छ ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक पेस गर्ने कार्यसूची छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक सदनमा पेश गर्नेछिन् ।

    बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधन प्रस्तावहरूसहित छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।

    यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरी निर्णयार्थ प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश हुने भएको छ ।

    यसैबीच, सभामुखले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको महासचिव पाण्डेयले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend