२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बेल्जियम र इजिप्ट नकआउट चरणमा


सञ्चार डबली
  • शनिबार, असार १३ २०८३
  • 5.4K
    SHARES

  • images
    बेल्जियम र इजिप्ट नकआउट चरणमा

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह जी बाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरेका छन् ।

    शनिबार बिहान सम्पन्न खेलमा बेल्जियमले न्यूजील्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै समुह जी को विजेता बनेको हो । बेल्जियमको जितमा लीन्द्रो  ट्रोसार्डले २ गोल गरेका थिए भने केभिन डी ब्रुने, रोमेलु लुकाकु र एलेक्सिस सालेमाकेर्सले एक एक गोल गरेका थिए । त्यस्तै न्यूजील्याण्डका लागि एलिजाह जस्टले एक गोल फर्काएका थिए ।

    बेल्जियमको ३ खेलमा ५ अंक भएको छ र समुह बिजेता बनेको छ । अब बेल्जियमले नकआउट चरणमा समुह ए, आइ वा जे को तेस्रो हुने टिमसँग खेल्ने छ ।

    त्यसै गरी यसै समुहको अर्को खेलमा इजिप्ट इरानसँग १-१ गोलको बराबरीमा रोकिएपछि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । इरानले खेलको इन्जुरी समयमा गरेको गोल अफ साइड भएपछि दोस्रो भएर नकआउटमा जाने अवसर गुमाएको थियो । यद्यपी इरानको ३ खेलमा ३ अंक रहेकाले तेस्रो भएर नकआउटमा जाने अवसर कायम रहेको छ ।

    तर यसको निर्णय अन्य खेलको नतिजा पछि हुने छ । अब इजिप्टले नकआउट चरणमा अस्ट्रेलियाको सामना गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend