चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले शीर्ष पदाधिकारी पदहरूको अन्तिम सूची प्रकाशन गरेको हो।
सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। अब उपसभापति (महिला), महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ।
चुनावी प्रतिस्पर्धाको मुख्य परिदृश्य:
-
उपसभापति (महिला): सोबिता गौतम र डा. तोसिमा कार्कीबीच सिधा प्रतिस्पर्धा हुनेछ।
-
महामन्त्री: प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य चुनावी मैदानमा छन्। (यसअघि उम्मेदवारी दिएका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले भने आफ्नो नाम फिर्ता लिएका छन्।)
-
सहमहामन्त्री (खुला - २ पद): रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तबीच प्रतिस्पर्धा हुनेछ।
-
सहमहामन्त्री (महिला - १ पद): जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन्।
रास्वपाको पहिलो चरणको प्रक्रियाबाट सभापति र ९९ जना केन्द्रीय सदस्यहरू यसअघि नै चयन भइसकेका छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता र छानबिनका सम्पूर्ण प्राविधिक कामहरू सम्पन्न भएसँगै अन्तिम नामावली प्रकाशन गरिएको हो। अब भोटिङ (मतदान) को तयारी भइरहेको आयोगले जनाएको छ।

