काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबिच ग्राहकहरुलाई सेवा दिने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई उक्त ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ ।
यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आइरहेको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैंकद्वारा मेदांता, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिसकेको छ । जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।



