२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिफाद्वारा एन्फा निलम्बन


सञ्चार डबली
  • बिहीबार , असार ११ २०८३
  • 1.5K
    SHARES

  • images
    फिफाद्वारा एन्फा निलम्बन

    काठमाडौँ ।  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । 

    फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ । एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउदै प्रतिबन्ध लगाएको छ ।

    निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ ।

    निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् । साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत रोकिएको छ ।

    एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि विवाद शुरु भएको थियो ।

    पछि जेठ १ गते परिषदले एन्फाको निलम्बन फुकुवा गरेपनि फिफाले दिएको समय सीमा भित्र एन्फालाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend