२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिँदै


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 1.4K
    SHARES

  • images
    यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिँदै

    काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले आफ्नो ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सको सञ्चालक समितिको निर्णयानुसार उक्त सभा असार ३१ गते, बुधबार बिहान १०ः३० बजे अमरपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रा.लि., बालुवाटार, काठमाडौँमा बस्ने गरी तय भएको छ।

    सभाको विशेष प्रस्ताव अन्तर्गत शेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर जारी गर्ने र साेकाे कर प्रयाेजनार्थ ०.२२५६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, उक्त साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गरिनेछ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। तसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend