२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 1.2K
    SHARES

  • images
    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

    चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ ।’ बिहान ९ बजे नामावली प्रकाशन गर्ने भनिए पनि अहिलेसम्म सार्वजनिक नहुँदा बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन ।

    निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।

    मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने विद्युतीय उपकरणका प्राविधिक नवराज पाण्डेले जानकारी दिए । प्रतिनिधि सबैले मतदान गरे कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend