२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


सञ्चार डबली
  • मंगलबार, असार ९ २०८३
  • 3.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ। बैंकले यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ बराबरको आधारमा हकप्रद सेयर जारी गर्न लागेको हो। बैंकले प्रतिसेयर रु. १०० अंकित दरका आधारमा दुई कित्ता बराबर एक कित्ता (२ः१) अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

    यसअनुसार बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ, जसको कुल मूल्य करिब रु. ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० बराबर हुनेछ।

    बैंकका अनुसार आवश्यक नियामकीय प्रक्रिया पूरा गरी छिट्टै निष्काशन प्रक्रिया अघि बढाइनेछ। हकप्रद शेयरबाट संकलन हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत पार्न तथा दीर्घकालीन व्यवसायिक विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयनमा प्रयोग गरिनेछ।

    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend