२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिफा विश्वकप २०२६: इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल गोलरहित बराबरीमा


सञ्चार डबली
  • सोमबार, असार ८ २०८३
  • 2.9K
    SHARES

  • images
    फिफा विश्वकप २०२६: इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल गोलरहित बराबरीमा

    काठमाडौं । विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

    खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन ।

    त्यसपछि बेल्जियमले पटक-पटक इरानको पोस्टमा बल प्रहार गरेको थियो । बेल्जियमका सबै प्रहारलाई इरानी गोलरक्षक एरिरजा बेरानभान्डले जोगाएका थिए । खेलमा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएका थिए ।

    दुवै टोलीले समूह चरणका पहिलो खेल बराबरीमा टुंग्याएका थिए । बेल्जियम र इजिप्ट तथा इरान र न्युजिल्याण्डबीचको खेल बराबरी भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend