२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छः उपसभापति वाग्ले


सञ्चार डबली
  • आइतबार, असार ७ २०८३
  • 1.9K
    SHARES

  • images
    रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छः उपसभापति वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताएका छन् । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताएका छ्। उनले विगतमा राजनीतिक दलहरुले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाएका छन् । उनले राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन र पहुँच भएकालाई सफल हुन सहज हुने अवस्था सिर्जना गर्ने तथा व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक हुने व्यवस्था कायम गरेको समेत आरोप लगाएका छन्। 

    उनले राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध सिर्जना गरेको बताएका छन् । उक्त अवरोध हटाउने अभियानमा रास्वपा रहेको उनको कभनाइ छ ।

    विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण, भागबण्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend