२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

इलेक्ट्रिक स्कुटर अथर अब वीरगञ्जमा, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा


सञ्चार डबली
  • आइतबार, असार ७ २०८३
  • 1.8K
    SHARES

  • इलेक्ट्रिक स्कुटर अथर अब वीरगञ्जमा, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा

    वीरगञ्ज / नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर नेपालले वीरगञ्जमा नयाँ अथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले देशभर स्मार्ट तथा दिगो विद्युतीय यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप मजबुत बनाएको जनाएको छ।

    वीरगञ्जको आदर्शनगरस्थित नयाँ एक्सपिरियन्स सेन्टर गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो। नयाँ केन्द्रमार्फत मधेश प्रदेशका ग्राहकहरूले एथरका अत्याधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू सहज रूपमा अवलोकन, परीक्षण तथा खरिद गर्न सक्नेछन्।

    वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनसँगै एथर नेपालको देशभर रहेका एक्सपिरियन्स सेन्टरको संख्या १२ पुगेको छ। काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा कम्पनीको उपस्थिति विस्तार भएको छ।

    कम्पनीले बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालन गरिरहेको जनाएको छ। साथै, ग्राहकलाई दीर्घकालीन भरोसा दिलाउन एथरले ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

    नयाँ केन्द्रमा कम्पनीका लोकप्रिय अथर ४५० सेरिज र परिवारमैत्री अथर रिज्टा स्कुटरहरू उपलब्ध हुनेछन्। अथर ४५० सेरिजमा गुगल म्याप्समा आधारित नेभिगेसन, अटाेहाेल्ड, फल सेभ, रिभर्स माेड, विभिन्न राइड माेडस तथा टचस्क्रिन ड्यासबोर्ड जस्ता आधुनिक सुविधाहरू रहेका छन्। यस्तै, अथर रिज्टामा फराकिलो सिट, ठूलो अन्डर–सिट स्टोरेज, ट्राक्जेसन कन्ट्राेल, टिडब्ल्यू & Theft Alerts तथा ह्वाट्सएप नाेटिफिकेसनजस्ता विशेषताहरू समावेश छन्।

    वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले स्कुटर अवलोकन, प्रत्यक्ष प्रदर्शन अनुभव, टेस्ट राइड, स्मार्ट प्रविधिबारे जानकारी तथा आकर्षक फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे परामर्श प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तारमा पनि जोड दिएको छ। हाल देशभरका प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी अथर ग्रीड फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

    नयाँ केन्द्र उद्घाटनको अवसरमा एथर नेपालले असार १२ गतेसम्म सीमित अवधिका विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।

    नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा एथर नेपालले नवीन प्रविधि, सशक्त पूर्वाधार तथा ग्राहक–केन्द्रित सेवामार्फत विद्युतीय गतिशीलताको विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपालका लागि अथर इनर्जीको आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रालिले देशभर एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क विस्तार गर्दै नेपालको ईभी इकोसिस्टम विकासमा योगदान पुर्‍याइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend