२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित


सञ्चार डबली
  • शनिबार, असार ६ २०८३
  • 1.4K
    SHARES

  • गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको १८औँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

    अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

    उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend