गोरखा । राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ्गमा असार ४ गते देखि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा केन्द्र विस्तार कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखा प्रबन्धक श्री सुजन क्याप्छापी मगर, भिमसेनथापा गाउँपालिका अध्यक्ष श्री लोक प्रसाद बन्जरा, गाउँपालिकाका कार्यकारी प्रमुख श्री चित्रबहादुर अधिकारी, भिमसेनथापा गापा वडा नं. ७ का वडा अध्यक्ष श्री नारायण श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष श्री बिष्णु कुमार श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष श्री होम बहादुर बराम लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा अध्यक्ष बन्जराले बोर्लाङ्गमा वाणिज्य बैंकको सेवा केन्द्र आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो । साथै, वडा नं. ७ का वडा अध्यक्ष श्री नारायण श्रेष्ठले बोर्लाङ र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ । बैंकले कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

