२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वकप फुटबल: सेनेगलविरुद्ध फ्रान्स विजयी, पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास


सञ्चार डबली
  • बुधबार, असार ३ २०८३
  • 2.4K
    SHARES

  • images
    विश्वकप फुटबल: सेनेगलविरुद्ध फ्रान्स विजयी, पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

    काठमाडौं । सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो ।फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औँ मिनेटमा एम्बाप्ले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८२ औँ मिनेटमा फ्रान्सका ब्राड्ली ब्राकोलाले गोल थपे ।

    खेलको इन्जुरी टाइमा सेनेगलका इब्राहिम बायले गोल फर्काए । त्यसको केही समयमै एम्बाप्ले अर्को गोल गरे । उनले विश्वकपमा फ्रान्सका लागि १४ गोल गर्दै रेकर्ड बनाएका छन् । उनको कुल गोल संख्या १४ पुगेको छ । यस क्रममा उनले ब्राजिलियन लिजेन्ड पेले (१२ गोल), अर्जेन्टिनाका लियोनल मेस्सी (१३ गोल) र फ्रान्सकै जुस्ट फोन्टेन (१३ गोल) को कीर्तिमानलाई पछि पारेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका गर्ड मुलरसँग बराबरी गरेका एमबाप्पे अब ब्राजिलका रोनाल्डो (१५ गोल) र जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) भन्दा मात्र पछि छन् ।

    धेरै गोल गर्ने फ्रान्सेली अन्य खेलाडीमा थिएरी हेनरी ६ गोलसहित तेस्रो छन् । यस्तै, जिनेडिन जिडान, मिचेल प्लेटिनी र ओलिभर जिरार्डले समान पाँच गोल गरेका छन् । भने रेम्न्ड कोपा, डोमिनिक रोचेटु र एन्टोनी ग्रिजम्यानले समान चार गोेल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend