२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
आजबाट राजनीतिक बिट मारेँ

रास्वपा कोशी प्रदेश सभापति हारेपछि सरिनले छाडिन् रास्वपा


सञ्चार डबली
  • बिहीबार , जेठ २८ २०८३
  • 4.2K
    SHARES

  • images
    रास्वपा कोशी प्रदेश सभापति हारेपछि सरिनले छाडिन् रास्वपा

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो कोशी प्रदेश अधिवेशनमा सभापतिकी उम्मेदवार रहेकी गोमा तामाङ ‘सरिन’ले राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् ।

    सरिनले सामाजिक सञ्जालमार्फत ‘राजनीतिक बिट मारेको’ घोषणा गरेको टिप्पणी भइरहेको छ । "आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’', उनले फेसबुकमा लेखेकी छन् ।

    रास्वपाको आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वका लागि भएको यो अधिवेशनमा सरिनलाई बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, केन्द्रीय तहका नेताहरूले चुनावी मैदानमै चन्द्रबहादुर राईको पक्षमा खुलेर मत मागेका थिए । जसको मतदान स्थलमै उनले विरोध पनि गरेकी थिइन् ।

    Sharin.jpg
    undefined

    पहिलो स्टाटस लगत्तै सरिनले फेरि अर्को स्टाटस लेखेकी छन् । ‘आखिर माथिको ह्वीप भन्दै हराएरै छाड्यौ,’ उक्त स्टाटसमा उनले लेखेकी छन्, ‘माननीय तृतीय ज्यु र केन्द्रीय सदस्य ज्यु धन्यवाद । तपाईँ चौथा ज्युहरूलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ ।’

    उनले थप अगाडि लेखेकी छन्, ‘मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर, मेरो सोझो सीधापन आज दुखाइ भो सबैलाई । हजुरको राजनीति गर्नै जानिनँ, कमजोरी भो मेरो ।’

    सरिन २०७९ र २०८२ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट दुई पटक पराजित भइसकेकी छन् । पछिल्लो पटक उनलाई श्रम संस्कृतिका हर्कराज राईले हराए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend