२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम (P2P) रेमिट्यान्स सेवाको थालनी


सञ्चार डबली
  • बिहीबार , जेठ २८ २०८३
  • 2.2K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम (P2P) रेमिट्यान्स सेवाको थालनी

    काठमाडौँ, नेपाल – हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो मोबाइल बैंकिङ एप "EBL Touch 24" मार्फत नेपाल र भारतबीच 'रियल–टाइम क्रस–बोर्डर (P2P) रेमिट्यान्स सेवा" लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real–time) रकम आदानप्रदान गर्न सक्नेछन् ।

    नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन् । त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस  (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् ।

    यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि एभरेष्ट बैंकको आधिकारिक वेबसाइट www.everestbankltd.com वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend