काठमाडौँ – फिफा विश्वकप उत्तर अमेरिकाभरि ऐतिहासिक उद्घाटन समारोहहरूको शृंखलासहित आजबाट सुरु हुँदै छ । पहिलोपटक विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् । प्रतियोगितामा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा हुने फाइनलसँगै समाप्त हुनेछ ।
यसपटकको विश्वकप मैदानभित्रको फुटबलमा मात्र सीमित नभएर संगीत, मनोरञ्जन र ग्ल्यामरको उत्सव बन्ने भएको छ। फिफाले इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा आयोजना गर्न लागेको उद्घाटन समारोहमा विश्वचर्चित सांगीतिक स्टार साकिरादेखि बलिउडकी ‘डान्स क्विन’ नोरा फतेहीसम्मले आफ्नो प्रस्तुति दिने तय भएको छ।
आज राति मेक्सिकोको प्रतिष्ठित एज्टेका रङ्गशालामा हुने पहिलो उद्घाटन समारोहको मुख्य आकर्षण ‘वाका वाका’ फेम गायिका साकिरा बन्नेछिन्। उनीसँगै जे बाल्विन, रयान कास्त्रो र स्थानीय कलाकारहरूले मेक्सिको सिटीमा सांगीतिक धुम मच्चाउने छन्। आयोजक देशको तर्फबाट हलिउड अभिनेत्री सलमा हायेक पिनाउल्टले विश्वभरका समर्थकलाई स्वागत गर्दै फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्। साकिराले जुलाई १९ मा हुने विश्वकप फाइनलको पहिलो हाफ टाइम शोमा म्याडोना र बीटीएससँग प्रस्तुति पनि दिने कार्यक्रम छ ।
यसैगरी शुक्रबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजना हुने ९० मिनेट लामो भव्य समारोहमा विश्वप्रसिद्ध गायिका क्याटी पेरी, अनित्ता, लिसा, रेमा र टाइलाले आफ्नो प्रस्तुति पस्कने छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकामा हुने उद्घाटन समारोहले त्यहाँको सांस्कृतिक विविधता, आप्रवासी समुदायको जीवन्तता र संगीतको वैश्विक शक्तिलाई उजागर गर्नेछ।
समारोह कति समय चल्नेछ ?
मेक्सिको सिटीको उद्घाटन लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ । टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ ।
कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ ।
समारोह कति समय चल्नेछ ?
मेक्सिको सिटीको उद्घाटन लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ । टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ ।
कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ ।



