२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 1.5K
    SHARES

  • माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबिएल एम–स्मार्ट’मार्फत नेपाल–भारत–नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ।

    बैंकका अनुसार यस नवीन सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज तथा तत्काल व्यक्तिदेखि–व्यक्ति (P2P) रकम स्थानान्तरण गर्न सकिनेछ। यस सेवाले दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    सेवाअन्तर्गत भारतमा अध्ययन, रोजगारी वा बसोबास गरिरहेका नेपाली नागरिकहरूले भारतमा उपलब्ध युपिआई आधारित डिजिटल भुक्तानी एपहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सहज रूपमा रकम पठाउन सक्नेछन्। 

    पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले छिटो, सुरक्षित तथा भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

    त्यसैगरी, नेपालमा बसोबास गर्ने वा कार्यरत भारतीय नागरिकहरूले पनि एमबिएल एम–स्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा सहज रूपमा रकम पठाउन सक्नेछन्।

    बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डलाई प्राथमिकता दिइएको जनाएको छ। यस पहलले नेपाल–भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

    माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend