२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच उपचार सेवामा विशेष छुटसम्बन्धी सम्झौता


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 3.7K
    SHARES

  • images
    नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच उपचार सेवामा विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौँ / नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि.बीच ग्राहक तथा कर्मचारीलाई लक्षित गरी स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    जेठ १३ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकका कर्मचारीहरूले काठमाडौँ दरबारमार्गस्थित मेधर्म क्लिनिक्स्मा उपचार सेवा लिँदा बिल रकममा १५ प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स्का प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका हुन् । 

    सम्झौताबाट बैंकका करिब २७ लाख ग्राहक तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार यो सहकार्यले ग्राहक सेवामा थप गुणस्तर र सहुलियत विस्तार गर्ने उद्देश्य राखेको छ ।

    नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    बैंकले आधुनिक बैंकिङ प्रविधि, युवा जनशक्ति र सुधारिएको सेवा प्रणालीमार्फत ग्राहकलाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

    बैंकले आगामी दिनमा पनि सेवा विविधीकरण र ग्राहक केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend