२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 3.4K
    SHARES

  • images
    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने लगायत कार्यसूची छ ।

    बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन ।

    भारतीय सीमा नेपालले मिचेको भन्दै सदनमा प्रधानमन्त्री बालेन शाहले अभिव्यक्ति दिएसँगै प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले लगातार अवरुद्ध गर्दै आएका छन् । त्यसैले आजको बैठक पनि सहज ढंगले चल्ने/नचल्ने अनिश्चित छ ।

    तर, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई भेटेर सदनमा रहेको गतिरोध फुकाउन सर्वदलीय बैठक बोलाएका छन् । संसद् बैठक सुरु हुनुभन्दा दुई घण्टाअगाडि रविले सर्वदलीय बैठक बोलाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend