२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नबिल बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल क्रस–बोर्डर रेमिट्यान्स सेवा


सञ्चार डबली
  • आइतबार, जेठ २४ २०८३
  • 2.8K
    SHARES

  • images
    नबिल बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल क्रस–बोर्डर रेमिट्यान्स सेवा

    काठमाडौं । नबिल बैंकले नेपाल-भारत-नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरुलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।

    बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । “यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो। यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताएका छन् ।

    बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भा।रु १५ हजार र मासिक अधिकतम भा।रु १ लाख सम्म पठाउन सक्नेछन्। त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा।रु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन।

    यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

    नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend