२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


सञ्चार डबली
  • शुक्रबार, जेठ २२ २०८३
  • 4.0K
    SHARES

  • images
    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । 

    अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७१ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम गरिएको छ । 

    साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८२ पैसा र बिक्रीदर २३ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ५०० रुपैयाँ २८ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४०७ रुपैयाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८५ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend