२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रतिनिधि सभा बैठक जेठ २५ गते सोमबारसम्म स्थगित


सञ्चार डबली
  • मंगलबार, जेठ १९ २०८३
  • 3.2K
    SHARES

  • images
    प्रतिनिधि सभा बैठक जेठ २५ गते सोमबारसम्म स्थगित

    काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए ।

    आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला सुरु भएको थियो । आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखे । उनीहरूले नाराबाजी सँगै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित भएको सूचना सुनाए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend