२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एन आई सी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • सोमबार, जेठ १८ २०८३
  • 4.9K
    SHARES

  • images
    एन आई सी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।

    सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू पारित गरेको बैंकले जनाएको छ।

    सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आवश्यक नियामक निकायको स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णयलाई स्वीकृति दिएको छ। यो निर्णयसँगै बैंकले पूँजी संरचना सुदृढ गर्ने लक्ष्य राखेको छ।

    त्यसैगरी, सभाले विभिन्न प्रस्तावहरू पारित गर्नुका साथै संस्थापक तथा सर्वसाधारण शेयरधनीका प्रतिनिधिहरूलाई नयाँ सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।

    संस्थापक शेयरधनीतर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले सभाका सबै प्रस्तावहरू सफलतापूर्वक पारित भएको जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend