२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको बढाइयो दुरी 


सञ्चार डबली
  • सोमबार, जेठ १८ २०८३
  • 1.8K
    SHARES

  • प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको बढाइयो दुरी 


    काठमाडौं । प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । आइतबार सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो ।

    संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ ।हिजो प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले प्रश्न उठाएपछि तनाव भएको थियो ।

    सभामुख डिपी अर्यालले पारितको प्रक्रियामा अघि बढिसकेको हुनाले विपक्षीले माग गरेजस्तो संसदीय समितिमा पठाउन नसकिने अडान लिएका थिए । विपक्षी दलहरुले भने थप छलफल हुनुपर्ने माग गरेर वेल घेराउ र नाराबाजी गरेका थिए ।यसक्रममा भएको घम्साघम्सी र असहज वातावरणका कारण मर्यादापालकको घेरामा बसेर सभामुखले सदन चलाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend