२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, जेठ १२ २०८३
  • 4.4K
    SHARES

  • images
    सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलेगण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो।

    कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख श्री निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक श्री दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक श्री सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजु सिम्खडा, यू.डब्लु.एस.नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    बालबालिकाहरु राष्ट्रका कर्णधार हुन्र राष्ट्रको उज्जवल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सीपमा निर्भर हुने मान्यताको साथ बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो। यस प्रविधिमैत्री कार्यबाट १२ सामुदायिक विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त प्रविधिले कक्षाकोठाको शिक्षणलाई दृश्यात्मक र अन्तरक्रियात्मक बनाउनुका साथैपाठ्यवस्तु बुझ्न अझ सजिलो बनाउदैभिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीहरूले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले सिकाइ प्रक्रिया अझ रोचक र प्रभावकारी हुनेविश्वास बैंकलेलिएको छ ।

    बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउनेउद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend