एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ ।
विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई जेठ ८ गते आयोजित कार्यक्रममा पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अझ प्रभावकारी हुने तथा विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।



