२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महिला साफ च्याम्पियनसिप DGO मा: खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा


सञ्चार डबली
  • सोमबार, जेठ ११ २०८३
  • 3.0K
    SHARES

  • images
    महिला साफ च्याम्पियनसिप DGO मा: खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा

    काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म DGO ले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ। साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ।

    यसअघि DGO ले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो।

    "नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा DGO मा उपलब्ध हुनेछ," DGO का स्पोर्ट्स हेड, बिपुल भट्टराईले भने। "हामीले DGO मा खेलकुदको एउटा यस्तो बलियो पूल (Pool) बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज र FIFA को विश्वव्यापी रोमान्सदेखि CAVA भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा 'ब्याक-टु-ब्याक' उपभोग गर्न पाउनेछन्। महिला फुटबलको यो दक्षिण एसियाली महाकुम्भलाई घर-घरसम्म पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौं। "

    DGO ले यो ब्याक-टु-ब्याक यात्रा मार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। खेलप्रेमीहरूका लागि यो एउटा यस्तो स्वर्णिम युग हो, जहाँ उत्साह र खेलको रोमान्च कहिल्यै समाप्त हुने छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend