२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड “एथर” को शोरुम अब बिर्तामोडमा


सञ्चार डबली
  • सोमबार, जेठ ११ २०८३
  • 1.7K
    SHARES

  • images
    नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड “एथर” को शोरुम अब बिर्तामोडमा

    काठमाडौं । एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एथर एक्सपेरियन्स सेन्टरको उद्घाटन आइतबार भएको हो । यो सेन्टर भुर्तेल इनर्जीको डिलर व्यवस्थापन अन्तर्गत रहेको छ । बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् ।

    हाल काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा समेत एथरको उपस्थिति विस्तार भएको हो । साथै देशभर १० वटा सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

    एथरले दुईपांग्रे ईभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ । नयाँ उद्घाटन गरिएको शोरुममा एथरको सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुने जनाइएको छ ।

    ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी एथर चार्जिङ स्टेशनमार्फत प्रमुख सहर तथा राजमार्गहरूमा सहज चार्जिङ सुविधा पाउनेछन् । भविष्यमा थप खोल्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend