२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ योजना सञ्चालन गर्ने


सञ्चार डबली
  • आइतबार, जेठ १० २०८३
  • 5.8K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ योजना सञ्चालन गर्ने

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक ले साना तथा मझौला उद्यममा कर्जा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” योजना सञ्चालन गर्ने भएको छ ।

    बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताअनुसार “सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२” कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।

    यो योजना स्विजरल्याण्ड सरकारको स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशन तथा कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत सञ्चालन हुन लागेको हो । 

    योजना अनुसार कोशी प्रदेशका साना तथा मझौला उद्यम व्यवसायमा प्रवाह हुने कर्जाको सुरक्षण “कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष” मार्फत गरिनेछ । उक्त कोष प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीचको सहकार्यमा स्थापना गरिएको हो ।

    बैंकका अनुसार योजना अन्तर्गत RBB SME Loan प्रोडक्ट पेपरअन्तर्गत कृषि, उद्योग तथा सेवा व्यवसाय क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिनेछ । कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर तथा प्रशोधन शुल्क कायम गरिएको जनाइएको छ ।

    वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३४ एटीएम तथा ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend