२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कर्मचारी खर्चको चापः कुन बैंकले कति खर्च गर्‍यो?


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 2.4K
    SHARES

  • images
    कर्मचारी खर्चको चापः कुन बैंकले कति खर्च गर्‍यो?

    काठमाडौं – नेपालका वाणिज्य बैंकहरूमा कर्मचारी तलब, भत्ता तथा सेवा सुविधामा खर्च अर्बौँ रुपैयाँ पुगेको छ। शाखा विस्तार, ग्राहक सेवा व्यवस्थापन, कर्जा अनुगमन र सञ्चालन खर्च बढ्दै जाँदा कर्मचारी व्यवस्थापन खर्च उच्च दरमा बढेको तथ्यांकले देखाएको छ।

    नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२÷८३ को चैतसम्मको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि रहेको छ, जसले ३ अर्ब ७१ करोडभन्दा बढी खर्च गरेको छ। त्यसपछि नबिल बैंक ३ अर्ब २० करोड, ग्लोबल आइएमई बैंक ३ अर्ब ९ करोड, र नेपाल बैंक ३ अर्ब ४ करोड खर्चमा रहेका छन्।

    त्यस्तै लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंकनेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि अर्बौँ रुपैयाँ कर्मचारी व्यवस्थापनमा खर्च गरेका छन्।

    मध्यम समूहका बैंकहरूमध्ये एनआईसी एशिया, सिद्धार्थ बैंक, एनएमबी बैंकमाछापुच्छ्रे बैंकको खर्च पनि अर्बौँमा पुगेको छ।

    सबैभन्दा कम खर्च गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ, जसले ७७ करोड रुपैयाँभन्दा कम खर्च गरेको छ। त्यसपछि नेपाल एसबीआई बैंकसानिमा बैंक रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend