२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 2.0K
    SHARES

  • images
    विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ । 

    सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

    ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएका हुन्। यससँगै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ। 

    उनका अनुसार सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने भएको छ । सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा एजेन्डा पेस गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend